कार्तिक २५, २०८३ बुधबार November 11, 2026

उद्योग मन्त्री भण्डारीसँग अमेरिकी राजदूत थमसनको शिष्टाचार भेट

नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजार पहुँच संवेदनशील रहेको विषयलाई महत्त्व दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थमसनले शिष्टाचार भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधा भए पनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको जानकारी गराउनुभयो ।

अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भमा नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजार पहुँच संवेदनशील रहेको विषयलाई महत्त्व दिनुपर्ने मन्त्री भण्डारीले बताउनुभयो ।

उहाँले आगामी सन् २०२६ मा हुने अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति र नेपालको उत्पादन क्षमता तथा व्यापार लागतसम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता र तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्टलगायतका थप ३१ वस्तुलाई सुविधा प्रदान गर्ने गरी विस्तारका लागि आग्रह गर्नुभयो ।

नेपाल संयुक्त राज्य अमेरिका टिफा काउन्सिलका यसअघिको बैठकका सहमति कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता अमेरिकी संसद्ले निर्णय गर्ने विषय भएकाले नेपालले कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पछिल्ला वर्षमा नेपालको लगानी वातावरणमा सुधार ल्याउन भएका प्रयासबारे उल्लेख गर्दै विद्यमान अमेरिकी लगानी थप विस्तार र विविधीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत थमसनले नेपालमा अनुमान योग्य र सुधारिएको लगानी वातावरण कायम हुँदा अमेरिकी लगानीकर्ता लगानी वृद्धिमा इच्छुक रहेको उल्लेख गर्नुहुँदै बौद्धिक सम्पत्तिका क्षेत्रमा सहकार्य र सहयोगको लागि अमेरिका तयार रहेको जानकारी गराउनुभयो ।

भेटवार्ताका क्रममा उठान भएका विषयलाई वासिङ्टनसम्म पुर्‍याउने राजदूत थमसनले प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी विषयमा मन्त्रालय र दूतावासबीच निरन्तर छलफल र सम्पर्क कायम रहने सम्बन्धमा मन्त्री भण्डारी र राजदूत थोम्पसनले साझा धारणा व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार