बैसाख १७, २०८३ बिहिबार April 30, 2026

यस वर्षको भैरव पुरस्कार हाँस्य व्यङ्ग्यकार प्रधानलाई

भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १४ भदौः नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको छ ।
भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हाँस्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो ।
त्यस्तै रु एक लाख एक हजार १११ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ । रु ५१ हजार १११  राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहनु भएको चयन समिति  गठन गरेको थियो ।
आउँदो असोज तीन गते राजधानीको गोकर्णेश्वर–५स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिनेछ । सोही दिन गुठीको साधारणसभा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले राससलाई जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया