मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिकी नयाँ प्रतिबन्धले केही हासिल नगर्ने इरानी राष्ट्रपतिको दाबी

होर्मुज जलसन्धि आफ्नो नियन्त्रणमा रहेको र इरानको अनुमतिबिना कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, ११ भदौ : इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने बताउनुभएको छ । स्थानीय सञ्चारमाध्यमले बुधबार उहाँको भनाइ उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् ।

आइएसएनए समाचार एजेन्सीका अनुसार पेजेस्कियनले सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाबमार्फत केही हासिल गर्न नसक्ने बताउनुभयो । “जसरी उसले युद्धमा केही हासिल गर्न सकेन, त्यसरी नै आर्थिक दबाबमार्फत पनि केही हासिल गर्न सक्नेछैन,” उहाँले भन्नुभयो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानको अर्थतन्त्रलाई ‘दमघोट्ने’ योजनाको घोषणा गर्दै उक्त अभियानमा सहभागी नहुने मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो ।

इरानी नेताले भने नयाँ प्रतिबन्धको प्रभावलाई अस्वीकार गर्दै आएका छन् । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि दशकौँदेखि विभिन्न अमेरिकी प्रतिबन्ध सामना गर्दै आएको छ ।

पेजेस्कियनले समस्या समाधानका लागि संवाद र वार्तालाई प्राथमिकता दिने बताउँदै आर्थिक दबाबविरुद्ध दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो ।

यसैबीच, रणनीतिक महत्वको होर्मुज जलसन्धिमा नियन्त्रणको विषयलाई लिएर इरान र अमेरिकाबीच तनाव बढेपछि दुई देशबीचको वार्ता रोकिएको छ ।

विश्वको करिब पाँच भागको एक भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने यो जलमार्गमा आवागमन प्रभावित हुँदा विश्वव्यापी ऊर्जा बजारमा असर परेको छ ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम राख्दै जलमार्गबाट आवतजावत गर्ने जहाजमा शुल्क लगाउने प्रयास गरेको छ ।

अमेरिकाले भने जलसन्धिमा युद्धअघि जस्तै स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको उक्त जलमार्गमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गर्नुभएको छ । इरानको रिभोलुसनरी गाड्र्सले बुधबार त्यसको खण्डन गर्दै होर्मुज जलसन्धि आफ्नो नियन्त्रणमा रहेको र इरानको अनुमतिबिना कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने जनाएको छ ।

“यदि अमेरिकाले हाम्रा सर्त स्वीकार गरेन भने कुनै पनि अवस्थामा होर्मुज जलसन्धि खोलिनेछैन,” गाड्र्सले भनेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार