असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना संक्रमित दुईजना महिला सम्पर्कविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नुवाकोट घर भएका दुई महिला कोरोना सङ्क्रमण पुष्टि भएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका उनीहरु सम्पर्कविहीन भएका हुन् ।

कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमुना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको बताए ।

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया