काठमाडौँ, १८ भदौः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा हुनुभएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उपरथीको दर्ज्यानी प्राप्त गर्नुभएका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।
त्यसैगरी, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अन्य अधिकृत तथा पदोन्नति भएका रथीहरुको परिवारजनको उपस्थिती थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया