कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘सङ्घीयताको सफल कार्यान्वयन भएन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, १८ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयद्वारा आज आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन) कार्यशालाको उद्घाटन गर्दै उहाँले संविधानमा लेखिएका अधिकारका सन्दर्भमा आवश्यक कानुन नबन्नु, गर्नुपर्ने कामको पहिचान नहुनु आदिले अपेक्षित कामहरू गर्न नसकिएको बताउनुभयो ।

सङ्घ सरकारबाट बन्नुपर्ने कानुन नहुँदा प्रदेश सरकारले सीमित स्रोत साधनका बीच नागरिकका असीमित आवश्यकता पूरा गर्न सरकारलाई चुनौती थपिएको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा सङ्घीयता कार्यान्वयन झनै जटिल बन्दै गईरहेको बताउनुभयो ।

सङ्घीयताका कारण जनता सरकारको नजिक पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले अपेक्षा बढी र सीमित साधन स्रोतबीचको अपेक्षालाई चाहेअनुसार सम्बोधन गर्न नसकिएको बताउनुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले प्रदेशमा सङ्घीयतापश्चात् धेरै कुरामा सकारात्मक परिवर्तन आएको बताउनुभयो ।

विभिन्न सूचकले प्रदेशको समग्र विकास सकारात्मक रुपमा बढेको देखाएको बताउँदै गण्डकी प्रदेश सरकार सुशासनसँगै चुस्त मितव्ययी प्रशासनिक संरचना बनाउने तरबरले बढिरहेको बताउनुभयो ।

स्वीट्जरल्याण्डका कार्यबाहक राजदुत माथियस मियरले सङ्घीयतालाई प्रभावकारी बनाउने गरी नेपाल लागिरहेको बताउनुभयो । कार्यक्रमा पोखरा विश्वविद्यालयका रजिष्टार सह प्रा डा अजय थापाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गराउने सन्दर्भमा नै कार्यक्रम राखिएको बताउनुभयो ।

पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले सङ्घीयतालाई प्रभावकारी बनाउन राजनीतक प्राथमिकता र सक्रियता एवं प्रशासनिक जाँगर सीप आवश्यक हुने बताउनुभयो । टुक्रे योजना वितरणमा नियन्त्रण र उत्पादनमूलक लगानी हुनुपर्नेमा उहाँले जोड दिनुुभयो । कार्यक्रममा नीति तथा योजना आयोग गण्डकीका पूर्वउपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सह प्रा डा अर्जुन थापालगायतले गण्डकी प्रदेशमा सङ्घीयताको अवस्था, चुनौतीलगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार