श्रावण १, २०८२ बिहिबार July 17, 2025

सजिलो छैन नेकपा महाधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणडौंः सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्‍यो। दुई वर्षको त्यो भाका नाघ्यो, तर महाधिवेशन त के पार्टी एकता, एकीकरणकै काम अहिलेसम्म टुंगिन सकेन। मंसिरमै अर्ली महाधिवेशनको प्रस्ताव आयो।

दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको सहमतिमा मंसिरमै महाधिवेशनको मिति तोकिएन। अहिले फेरि चैतमा महाधिवेशनको प्रस्ताव भएको छ। गत माघ १५ देखि १९ गतेसम्मको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले पारित गरेको कार्यतालिकामा महाधिवेशन गर्ने प्रतिवेदन बुझाइएको छ। कार्यदलले आगामी चैत २५देखि ३० सम्म महाधिवेशन गर्ने सुझाव दिएको छ। उक्त प्रस्तावलाई नेकपाले १८ भदौको सचिवालयमा छलफल गर्दैछ।

त्यसपछि यसै प्रस्तावलाई आवश्यक ठानिए काँटछाँट गरेर १३ साउनदेखि अवरुद्ध बनेको स्थायी समिति बैठकमा लगेर पारित गर्ने नेताहरूको योजना छ। त्यसो गर्दा असोज १५ देखि १७ सम्म काठमाडौंमा केन्द्रीय समिति बैठक राखेर महाधिवेशन लक्षित कार्यक्रम बनाउने सुझाव कार्यदलको छ। ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको बैठक तोकिएकै मितिमा हुने नहुने कोभिडको अवस्थाले निर्धारण गर्ने नेकपा नेताहरू बताउँछन्।

गत वैशाखदेखि पार्टी नेताहरूकै बीचमा तीव्र शक्ति संघर्ष चल्यो। नेताहरूले यो संघर्षको वैधानिक अवतरण महाधिवेशनबाट खोजेका छन्। अहिलेको अवस्था र अबको आठ महिनामा महाधिवेशन गर्न नेकपालाई निक्कै चुनौती देखिन्छ। ‘निक्कै चुनौतीपूर्ण अवस्था छ, हाम्रो चाहनाले मात्र भन्दा पनि समयले कुन रूप लिन्छ, त्यसले महाधिवेशन चैतमा हुने नहुने निर्धारण गर्छ’, नेकपा स्थायी समिति सदस्य सत्यनारायण मण्डल भन्छन्, ‘चैतमा महाधिवेशन सम्पन्न गर्ने मिति केन्द्रीय समितिले तोकेकै हो। तर, त्यसको के कति तयारी भयो रु कोभिडले कस्तो असर र प्रभाव पार्छ रु त्यसले यसबारेमा अहिले नै यसै भन्न सक्ने अवस्था छैन।’

२०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादीका बीचमा एकता हँदा पार्टी एकता एकीकरणको काम तीन महिनाभित्र टुंग्याउने, दुई वर्षभित्र एकताको महाधिवेशन गर्ने सहमति भएको थियो। एकता गर्दा स्थगित राखिएका जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवादका विषयमा महाधिवेशनमा व्यापक छलफल र बहसबाट टुंगोमा पुग्ने गरी पार्र्टी एकता भएको थियो। तर, २७ महिना बित्दासमेत नेकपाले केन्द्र्रीय विभाग, विशेष प्रदेश, जिल्ला मातहात महानगर कमिटी, स्वायत्त कमिटीदेखि जबस मोर्चाको केन्द्रीय निकायसम्मका संरचना अझै टुंगिएको छैन। महाधिवेशन पूर्वनेकपाले एकताको काम टुंग्याउनु पर्ने समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार