असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि – मृतकको संख्या २ सय ३९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २२ हजार १ सय ७८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार २ सय २ रहेको छ । विगत २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय ३९ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया