असार २८, २०८२ शनिबार July 12, 2025

उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पछिल्लो २४ घण्टामा उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ३९३ भक्तपुर ३० र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका हुन्। यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया