कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रदर्शनमा भएको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै प्रहरीको शान्ति-सहकार्यका लागि अपिल

जेनजी आन्दोलनपछि नेपाल प्रहरी : कानुनी शासन कायम गर्न सबैलाई सहयोग गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनःनिर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्न अनुरोध गरेको हो।

विज्ञप्तिमा जेनजीको प्रदर्शनका क्रममा भएको दुःखद् घटनामा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनीहरु नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि जम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन अत्यन्त आवश्यक भएको समेत उल्लेख गरिएको छ।

‘प्रदर्शनका क्रममा भएको जनधनको क्षति अन्त्यन्तै अपूणीय एवं दुःखद् छ, त्यसबाट उत्पन्न परिणाम स्वरुप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनःनिर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्नु हुन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार