काठमाण्डौः हिरासतमा रहेको एक युवकको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय गौरका एक जना प्रहरी निरीक्षक र दुई जना हवल्दारलाई निलम्बन गरिएको छ ।
गरुडा नगरपालिका-८ जिंगडियाका १७ वर्षीय विजय रामको हिरासतमा मृत्यु भएको घटनामा गृह मन्त्रालयले प्रहरी इन्सपेक्टर नवीनकुमार सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले हवल्दारद्वय फिरोजमिया धुनिया र मन्नुकुमार सिहलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।
गत साउन ३१ गते जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको घटनामा अनुसन्धानका लागि साउन ३२ गते विजयलाई पक्राउ गरि हिरासतमा राखिएको थियो । हिरासतमा रहेका विजयलाई हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोप छ । प्रहरीमाथि यातना दिएको आरोप लागेपछि यसबारे अनुसन्धान गर्न भन्दै उनीहरुलाई निलम्बन गरिएको हो ।
मृत्यु हुनुअघि वीरगन्जस्थित नेसनल मेडिकल कलेजको शय्यामा विजयले आफूलाई प्रहरीले चरम यातना दिएको बताएको भिडियो सार्वजनिक पनि भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया