काठमाण्डौं, २६ भदौ । धरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति कटाक्ष गरेका छन्। उनले संकटको बेलामा नेतृत्वले सडकमा आउन नसक्नु राष्ट्रका लागि दुर्भाग्य भएको टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले भनेका छन्, “संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास!”
उनको यस अभिव्यक्तिले हालैका राजनीतिक तथा सामाजिक आन्दोलनका सन्दर्भमा मेयर बालेनप्रति असन्तोष झल्काएको देखिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया