काठमाण्डौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज (शुक्रबार) बिहान पनि छलफल हुने भएको छ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा छलफल गरेका थिए। सो छलफल निष्कर्षमा पुग्न नसकेपछि आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया