कार्तिक २५, २०८३ बुधबार November 11, 2026

फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न नक्खु कारागार प्रशासनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैं, २७ भदौ । ललितपुरमा रहेको नक्खु कारागार प्रशासनले ‘जेन–जी’ आन्दोलनका क्रममा फरार भएका जेलबाट फरार भएका कैदीबन्दीलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । कारागार प्रशासन नक्खुले सार्वजनिक अपीलमार्फत कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न आग्रह गर्दै कैदीबन्दीलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको हो ।

कारागार प्रशासनले फरार अवस्थामा रहिरहँदा कानूनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै फरार कैदीबन्दीलाई सचेत र सजग रहन स्मरण गराएको छ ।

‘जेन–जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्खु कारागारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारबाट निकालेका थिए । त्यही क्रममा अन्य कैदीबन्दी पनि निस्किएका थिए । जेन–जी आन्दाेलनका क्रममा देशभरका कारागारबाट १३ हजार कैदीबन्दी भागेका थिए । यसमध्ये २ हजार जना पक्राउ परेका छन् ।

 

अ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार