कार्तिक २५, २०८३ बुधबार November 11, 2026

लुटपाट भएका सामान खरिद–बिक्री नगर्न CIB को आग्रह

सर्वसाधारणलाई यस्ता सामान खरिद–बिक्री नगर्न वा नगराउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थासहितका संरचनामा रहेका कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हतियार र नगद सामान लुटपाट भएको घटनाबारे केन्द्रीय अनुसन्धान व्यूरो (CIB) ले अनुसन्धान थालेको छ।

CIB ले लुटिएका सामान विभिन्न माध्यममार्फत बजारमा बिक्री भइरहेको सूचना पाएपछि सर्वसाधारणलाई यस्ता सामान खरिद–बिक्री नगर्न वा नगराउन आग्रह गरेको छ। साथै यस्ता सामान वा जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई खबर गर्न पनि अनुरोध गरिएको छ।

व्यूरोले चोरी वा लुटपाटमा संलग्न तथा यस्ता सामान खरिद–बिक्री वा सञ्चय गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार