काठमाण्डौंः स्थानीय बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो। आज सुन घटेसँगै २ लाख १६ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
हिजो सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदीमा ४५ रुपैयाँले घटेर तोलामा २ हजार ५ सय ५० रुपैयाँ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया