काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ६ जना महिला र ६ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारि दिए ।
मृत्यु हुनेमा चितवनका ५५ र १८ बर्षिय २ महिला, काठमाडौंका ८९ बर्षिय, ललितपुरका ७० बर्षिइ, तनहुँका २० बर्षिय र कपिलबस्तुका ६० बर्षिय महिलाको कारोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै बाराका ९७ बर्षिय, चितवनका ६५ बर्षिय, भक्तपुरका ४० बर्षिय, काठमाडौंका ७० र ७५ बर्षिइ २ जना र धादिङका ४७ बर्षिइ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १ हजार ११२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २३ हजार २९० पुगेको छ । यो संख्या कुल संक्रमितको ५६ प्रतिशत हो । आज देशभर ६ हजार ७६६ जना क्वारेन्टाइनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया