कार्तिक २५, २०८३ बुधबार November 11, 2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २१ पैसा र बिक्रीदर १४० रुपियाँ ८१ पैसा निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २१ पैसा र बिक्रीदर १४० रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ०१ पैसा र बिक्रीदर १६६ रुपियाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ २७ पैसा र बिक्रीदर १९२ रुपियाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपियाँ २५ पैसा र बिक्रीदर १७९ रुपियाँ ०१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ५८ पैसा र बिक्रीदर ९३ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ९६ पैसा र बिक्रीदर १०२ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८५ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४७  पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १७ पैसा र बिक्रीदर ३८ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४७ पैसा र बिक्रीदर ३३ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १८ पैसा र बिक्रीदर १० रुपियाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १४ पैसा र बिक्रीदर १५ रुपियाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २४ पैसा र बिक्रीदर २२ रुपियाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०३ पैसा र बिक्रीदर १८ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ४६१ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७३ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ १६ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७२ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार