असोज २८, २०८२ मंगलबार October 14, 2025

हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफर : स्कुटरदेखि आईफोन १७ सम्म उपहार

दशैँको अवसर पारेर हरेक सामानमा विशेष छुट उपलब्ध गराँउदै हुकुट स्टोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज । हुकुट स्टोरले दशैँलाई लक्षित गर्दै ‘स्पिन एन्ड विन’ अफर सार्वजनिक गरेको छ । दशैँको फूलपाती (असोज १३) सम्म मान्य रहने गरी सुरु गरिएको अफरअन्तर्गत ग्राहकहरूले आकर्षक उपहार जित्न सक्नेछन् ।

स्टोरका अनुसार तीन हजार रुपैयाँभन्दा माथिको खरिदमा ग्राहकले तीन पटक स्पिन गर्न पाउनेछन् । पहिलो स्पिनमा हजार रुपैयाँसम्म क्यासब्याक, दोस्रो स्पिनमा एयरबड्स वा स्मार्ट वाच, र तेस्रो स्पिनमा बम्पर उपहारका रूपमा स्कुटर, प्ले स्टेशन ५, आईफोन १७ वा सुन जित्ने अवसर हुनेछ ।

दशैँको अवसर पारेर स्टोरले विभिन्न इलेक्ट्रोनिक सामग्रीमा पनि मूल्य घटाएको छ । चार लाख रुपैयाँमा बिक्री हुँदै आएको एप्पल म्याकबुक प्रो एम ४ अब तीन लाख २९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । एक लाख ८८ हजार रुपैयाँ पर्ने एसुस जेनबुक १४ ओलेड २०२५ ल्यापटप १ लाख ७१ हजार ९९९ रुपैयाँमा र एक लाख ८० हजार रुपैयाँ पर्ने एसर निट्रो भी १६ ल्यापटप १ लाख ४४ हजार ९९९ रुपैयाँमा बिक्री भइरहेको छ ।

स्टोरले दशैँको अवसर पारेर हरेक सामानमा विशेष छुट उपलब्ध गराएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया