भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

अनलाइन न्यूज पोर्टल दर्ता र नवीकरण अब सूचना विभागबाटै

सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असोज ९ गते । अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन लगत्तै पत्रकारमाझ निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री खरेलले सो जानकारी गराउनुभएको हो । त्यसैगरी सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको उहाँले जानकारी दिनुभयो । सरकारले सुरक्षण मुद्रण नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय भएको छ ।

मन्त्री खरेलले मन्त्रिपरिषदको बाँकी निर्णय शुक्रबार ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनअघि सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार