कार्तिक २५, २०८३ बुधबार November 11, 2026

लगानीको वातावरण बिग्रन नदिन महासङ्घको आग्रह

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ असोज: नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको आज निरीक्षण गर्दै महासङ्घले टोलीले सरोकार भएका सबैलाई वातावरण बिथोलिन नदिन आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले ‘जेएनजी’ आन्दोलनका क्रममा देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यक्तिका निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन तथा रोजगारीमा असर परेको बताउनुभयो ।

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालको भनाइ थियो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकार भएकाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभया,“नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढि योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवश्यकता छ ।”

महासङ्घले यसअघि अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै ध्यानाकर्षण गराएको थियो । महासङ्घलेसुरक्षाको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्न भएकाहरूमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार