काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेकाे छ ।
टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ-तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध गराइएकाे जानकारी दिएकाे हाे ।
याे प्याजेक अन्तर्गत आज असाेज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ । मोबाइल डाटा प्याकेज अफर अन्तर्गत जीएसएम ग्राहकहरूका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।
टेलिकमका अनुसार ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेजमा दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ । ५ जीबी डाटा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ । रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया