काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा चितवन र भक्तपुरका ४०/४० बर्षिय महिला, तनहुँकी ९२ बर्षिया र रुपन्देहीकी ७७ बर्षिया महिला रहेका छन् । यस्तै सिन्धुपाल्चोकका ७७ बर्षिय र रुपन्देही ६५ बर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया