काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेटवार्ता गरेको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।
जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् ।
करिब ३५ मिनेट जति भएको भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू सहभागी रहेको स्रोतले जानकारी दिएको छ । यस्तै मेयर शाहको तर्फबाट सहयोगी कुमार बेनसहितको टोली थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया