कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न मुख्यमन्त्री शाहको निर्देशन

मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली, ८ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा आज यहाँ बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरू सम्मिलित बैठकमा उहाँले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न निर्देशन दिनुभयो । धनगढीस्थित उहाँको निवासमा बसेको बैठकले विषयगत मन्त्रालयको प्रगति र जेनजी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिका बारेमा समीक्षा भएको छ ।

मुख्यमन्त्री शाहले जनतालाई यथाशीघ्र अत्यावश्यक सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा विषयगत मन्त्रालयको विवरण बिहीबारसम्म तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिनुभयो ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि सेवा प्रवाह अवरुद्ध भएको थियो । भौतिक क्षति पश्चात् केही कार्यालयले मर्मत गरी सेवा प्रवाह गरिरहेका छन् भने केही कार्यालय अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।

यसअघि मुख्यमन्त्री शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट ग्रसित प्रदेशका विभिन्न मन्त्रालयसहित क्षतिग्रस्त २९ वटा कार्यालयको भौतिक संरचनाको निरीक्षण गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार