काठमाण्डौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था समन्वय विभागमा पदाधिकारी मनोनयन गरेका छन् ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम ४८ जनालाई मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा देउवाले उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरेका हुन् । देउवाले विष्णु धिताललाई उपप्रमुख र विनिता अधिकारीलाई सचिवमा मनोनयन गरेका छन् ।
सभापति देउवाको मनोनयनमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले पनि परेका छन् ।
यस्तो छ काँग्रेसले मनोनयन गरेको प्रचार विभागको पूर्ण विवरणः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया