कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक (पूर्णपाठ)

राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा ल्याउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १० असोज । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय शुक्रबार सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् ती निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा ल्याउने निर्णय गरेको छ। त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत स्थानान्तरण गरिएको छ।

यस्तै, नेपाली सेनामा पदोन्नति र सरुवासम्बन्धी निर्णय पनि बैठकले गरेको छ। निर्णयअनुसार सेनाका २ जना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने, ९ जना महासेनानीलाई सहायक रथी पदमा बढुवा गर्ने र ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार