भाद्र २१, २०८३ आइतबार September 6, 2026

विरोधका कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक ढङ्गबाट गर्न गृहमन्त्रालयको आग्रह

राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई समर्थन गर्दै आन्दोलनमा संयमता अपनाउन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गृह मन्त्रालयले हालैको जेनजी आन्दोलनमा देखिएको घुसपैठलाई ध्यानमा राख्दै आगामी विरोध कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक ढङ्गबाट गर्न आग्रह गरेको छ।

मन्त्रालयले राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई समर्थन गर्दै आन्दोलनमा संयमता अपनाउन आह्वान गरेको हो।

भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनपछिको नयाँ राजनीतिक परिदृश्यमा समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सहकार्य गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया