असार २८, २०८२ शनिबार July 12, 2025

जुम्लाका सिडिओ सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा अन्य ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

प्रजिअ थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफू पनि संक्रमित भएको बताएका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया