असार २८, २०८२ शनिबार July 12, 2025

चितवनमा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चितवनमा एकैदिन ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर असपताल कोभीड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।

भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै जिल्लाभर कोरोना संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया