कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत जेनजीका गम्भीर घाइते लक्ष्मण राईको मृत्यु

गोली लागेर उनी टाउकोको पछाडिको भागमा गम्भीर घाइते राइको दुई दिनसम्म आईसीयूमै उपचार भएको थियो ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजेड आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ।

पञ्चकन्या गाउँपालिका-२ का राईको गएराति १२ बजे मृत्यु भएको पारिवारिक सदस्यहरूले जानकारी दिएका छन्।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको छ। राई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए।

दुई दिनसम्म आईसीयूमै उपचाररत राई काठमाडौँको बालाजुमा मजदुरी गर्दै आएका थिए। उनका परिवारसँग उनको नियमित सम्पर्क थिएन। गोली लागेर उनी टाउकोको पछाडिको भागमा गम्भीर घाइते भएका थिए र उपचारकै क्रममा कोमामा थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार