काठमाण्डौंः नेपालमा थप १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २२६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १३५४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो संख्या कुल संक्रमितको ५८ प्रतिशत हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया