श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रातो मच्छिन्द्रनाथ रथ तान्न पाउनु पर्ने माग राख्दै बिहीबार ललितपुरको पुल्चोकमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर- १ का अनिस महर्जनलाई इमाडोलबाट पक्राउ गरेको हो ।

प्रहरीको अपराध अनुसन्धान महशाखाको टोलीले महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पत्रकारको ज्याकेट लगाए पनि महर्जन पत्रकार नभएको खुलेको छ । ‘उ कुनै पनि पत्रकार पनि भएको पाईएन। विभिन्न युटुवर च्यानलमा भिडियो हाल्ने गरेको पाइयो ।’ एसएसपी दीपक थापाले भने ।

पक्राउ परेका ती युवकलाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको एसएसपी थापाले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया