काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका अधिकांश भू–भागमा भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवा प्रदायक संस्थालाई अनुरोध गरेको छ।
मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा जारी रहने सम्भावना रहेको हुँदा नागरिकको जीवनरक्षा र जनधनको क्षति रोकथामका लागि सूचनाको प्रवाहलाई अझ सुदृढ बनाउन अनुरोध गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालयमा शनिवार बसेको बैठकमा अविरल वर्षाका कारण सञ्चार पूर्वाधारमा हुन सक्ने सम्भावित अवरोध रोक्न आवश्यक तयारी गर्न सम्बन्धित निकायहरूलाई आह्वान गरिएको थियो।
मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा यस सम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक भएमा देहायबमोजिमको फोन नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।
मन्त्रालयले विपद्को समयमा आकस्मिक सूचना प्रवाह गर्नका लागि सम्बन्धित सेवा प्रदायकसँग सिधा सम्पर्क गर्न निम्न नम्बरहरू उपलब्ध गराएको छ:
नेपाल दूरसञ्चार कम्पनी (NTC) १४९८
एनसेल (NCLL) ९००५
इन्टरनेट सेवा प्रदायक (ISPAN)९८०१८७८९४१
नेपाल दूरसञ्चर प्राधिकरण (NTA) ९८५१०८७४३२ र ९८४१३७६२०३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ९८४९०५३६६३ र ९८४१५२०११५
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया