काठमाडौं, असोज १९ । अविरल वर्षाका कारण हिजोदेखि रोकिएको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल रहेका गन्तव्यमा उडान सञ्चालन गरिएको हो।
आज बिहान काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको छ। पोखरा र सुर्खेतका लागि पनि मौसम अनुकूल भएकोले उडान संचालन जारी रहने विमानस्थल कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेकाले यात्रुलाई थप व्यवधान नपर्ने अनुमान गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया