असोज ४, २०८३ आइतबार September 20, 2026

नारायणगढ– मुग्लिन सडक एकतर्फी सञ्चालनमा, अधिकांश राजमार्ग अवरुद्ध

बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ असोजः बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि  पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो  एकतर्फी सञ्चालनमा छ ।। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।

रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।

ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल –हुमाने– काठमाडाँै सडक पनि अवरुद्ध भएको छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडाँै सडक बन्द छ । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ । कोशी लोकमार्गअन्तर्गत साघँुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया