कार्तिक २५, २०८३ बुधबार November 11, 2026

लिची बगान जग्गा हिनामिना प्रकरणः दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखराको बाटुलेचौर मार्गस्थित लिची गार्डेन क्षेत्रको जग्गा हिनामिना गर्ने योजनामा घूस डिल भएको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पोखराको लिची बगान जग्गा हिनामिना प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार आयोगले विशेष अदालतमा पूर्वमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो। गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नाउपाकी अध्यक्ष हुन्।

अख्तियारले दायर गरेको मुद्दामा पोखराको बाटुलेचौर मार्गस्थित लिची गार्डेन क्षेत्रको जग्गा हिनामिना गर्ने योजनामा घूस डिल भएको ठहर गरिएको छ। यो प्रकरण सार्वजनिक भएपछि अडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका गुप्ताले बिचौलियाको सहायतामा भूमि आयोगका खमबहादुर पुन र कास्की मालपोतका रामचन्द्र अधिकारीलाई सरुवा गराइ लिची गार्डेन सोही बिचौलियाले चाहेको व्यक्तिको नाममा दर्ता गराउने सम्झौता गरेको आरोप छ।

अडियोमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नाम पनि उल्लेख गरिएको छ। तर, अधिकारीको संलग्नता अहिलेसम्म स्पष्ट नभएकाले अनुसन्धान जारी रहेको र आवश्यक परे पूरक अभियोग दायर गरिने अख्तियार स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार