असार २८, २०८२ शनिबार July 12, 2025

रुपन्देहीमा एका बिहानै कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिला रहेका छन् । उनको शनिबार(आज) बिहान ६ बजे मृत्यु भएको हो । यस्तै बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राती ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवै जनामा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको डा. गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया