कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु

बालीमा क्षति पुगेका सबै किसानलाई समयमै वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसहितको सूचना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिशूली (नुवाकोट), २३ असोजः हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ ।

वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन सुरु गरिएको हो । त्यसका लागि प्रत्येक स्थानीय तहको वडा कार्यालयमार्फत किसानलाई कृषि बालीमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ ।

बाढी, पहिरो र डुबानले कृषि बालीमा ठूलो क्षति पुगेको जनाउँदै जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाले वडा कार्यालयमार्फत बाली क्षतिको विवरण लिन थालेको हो । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनालले नुवाकोटमा रहेका बाह्रवटै पालिकाले बर्सातका कारण पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरेका बताउनुभयो । यथार्थ विवरण प्राप्त भएमा क्षति ब्यहोरेका किसानलाई राहत दिनका लागि बजेटको स्रोत नभए पनि कुनै विशेष कार्यक्रममार्फत विभिन्न निकायबीच समन्वय गरी आवश्यक पहल गरिने उहाँको भनाइ छ ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले किसानले आफ्नो बालीमा पुगेको क्षतिको विवरण, बालीको प्रकार, क्षेत्रफल, अनुमानित नोक्सानी र क्षतिको कारण उल्लेख गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बालीमा क्षति पुगेका सबै किसानलाई समयमै वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसहितको सूचना जारी गरिएको छ । “वर्षाका कारण किसानले खेतबारीमा लगाएका धान, कोदो, तरकारी, फलफूललगायत बालीमा ठूलो क्षति पु¥याएको छ । यसबाट किसानले ठूलो नोक्सान ब्यहोरेका छन् । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि कृषकलाई राहत, क्षतिपूर्ति, अनुदान तथा पुनः लगानी गर्न सक्ने कार्यक्रम सञ्चालन गर्नेछौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार