कार्तिक २५, २०८३ बुधबार November 11, 2026

गृहमन्त्री अर्यालद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

जनस्तरमा देखिएका गतिविधि तथा विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूबाट लिए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा स्थिति र विपद् व्यवस्थापनबारे छलफल गरेका छन्।

छलफलमा गृह सचिव रामेश्वर दंगाल, नेपाली सेनाका रथी प्रदीप जङ्ग केसी, नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगायत सहभागी थिए।

करिब  पौने दुईघण्टासम्म चलेको बैठकमा गृहमन्त्री अर्यालले पछिल्ला राजनीतिक घटनाक्रम, जनस्तरमा देखिएका गतिविधि तथा विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

दुर्गा प्रसाईं नेतृत्वको समूहले छठपछि गर्ने भनेको प्रदर्शनबारे पनि छलफल भएको बैठकमा सहभागी सुरक्षा निकाय सम्बद्ध एकजना अधिकृतले बताए । प्रसाईं नेतृत्वको प्रदर्शनमा हुनसक्ने सुरक्षा खतराको विश्लेषण गरिएको छ ।

अबका दिनमा हुनसक्ने सुरक्षा चुनौती र सुरक्षाकर्मी परिचालनबारे छलफल भएको छ । बैठकमा सहभागी एकजना अधिकृत भन्छन्, ‘समग्र शान्ति सुरक्षाको पछिल्लो अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे छलफल भएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार