कार्तिक २५, २०८३ बुधबार November 11, 2026

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिँदैनौं : प्रधानन्यायाधीश राउत

सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुने बित्तिकै सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एसोसिएसनका अध्यक्ष तथा सचिवहरूसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सो कुरा बताउनुभएको हो ।

“शीघ्र सेवा सञ्चालन गर्छौँ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुने बित्तिकै सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन हुन्छ ।”

सूचना प्रविधिको शाखाले दिनरात काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश राउतले  सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीमा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र उच्च अदालत तुलसीपुरमा ठुलो क्षति पुगेको  थियो । हाल सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा अति आवश्यक सेवा सञ्चालन भइरहेका छन् ।

नेपाल बारका अध्यक्ष प्रा डा विजय मिश्रले सर्वोच्च अदालतसहित देशभरका अदालत नियमित रूपमा सञ्चालन गर्नुपर्ने तथा बार र कानुन व्यवसायीसँग भएको मुद्दाका मिसिल झिकाउन सहयोग गर्ने बताउनुभयो ।

“नेपाल बार र कानुन व्यवसायीसँग भएका मिसिल ल्याउन बारले सहजीकरण गर्नेछ, अदालत नियमित रूपमा सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय पुराना मिसिल नचाइने काम तत्काल सञ्चालन गर्नु जरुरी छ ।”

नेपाल बारले यसअघि पनि प्रेस विज्ञप्ति जारी गरी अदालत नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको थियो । सर्वोच्च अदालतको भवन पूर्ण रूपमा जलेको र धेरै मुद्दाका मिसिल जलेकाले पालमुनिबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार