असोज २८, २०८२ मंगलबार October 14, 2025

युवा संघलाई शक्ति प्रदर्शन गर्न नदिने काठमाण्डौं प्रशासनको निर्णय

र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने प्रशासनको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले निकट युवा संघले शनिबारका लागि निकाल्ने भनेको र्‍यालीलाई काठमाडौं प्रशासनले रोक लगाएको छ।

राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरूमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट्याएका छन्।

गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षतिसमेतका घटना हुन पुगेको प्रशासनले सम्झाएको छ।

‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ’, प्रशासनको सूचनामा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असोज २८, मंगलबार
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार