असोज २८, २०८२ मंगलबार October 14, 2025

हरेक काम जनतासँग जोडिएर गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उनले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले भने, जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुँदै जान्छ ।

मुख्यमन्त्री कँडेलले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गरे । जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई उनले वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिए । छलफलमा मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन आग्रह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असोज २८, मंगलबार
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार