कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सर्वोच्च अदालतमा आजदेखि नयाँ मुद्दा दर्ता सुरु

नियमित सेवा पुनः सुरु नभएसम्म म्याद, हदम्याद र तारेख नगुज्रने व्यवस्था यथावत्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज २८ । जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता हुने भएको छ ।

आजदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदनहरू दर्ता र सुनुवाइ सुरु हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

यसअघि, सर्वोच्च अदालतको फुलकोर्ट बैठक आइतबार बसेको थियो, जसले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता सुरु गर्ने निर्णय गरेको थियो। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो। त्यस घटनामा अदालतका धेरै मिसिल र पुराना कागजातहरू जलेर नष्ट भएका थिए।

उक्त घटनापछि सर्वोच्च अदालतको नियमित सेवा प्रभावित भएको थियो। यद्यपि, बन्दी प्रत्यक्षीकरणजस्ता अत्यावश्यक मुद्दाहरूको सुनुवाइ अदालत परिसरमा टेन्ट टाँगेर सञ्चालन गरिएको थियो। सर्वोच्च अदालतले जारी गरेको सूचनामा नियमित सेवा पुनः सुरु नभएसम्म म्याद, हदम्याद र तारेख नगुज्रने व्यवस्था यथावत् रहने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार