काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर बनेको जनस्वराज पार्टी (जस्वपा) लाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ ।
मंगलबार आयोगले जनस्वराज पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नयाँ पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका छन् । आयोगका अनुसार जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्कायुक्त हुनेछ ।
जनमत पार्टीले यसअघि आफ्ना उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । लामो समयको आन्तरिक मतभेदपछि केही नेताले विभाजनको बाटो रोज्दै नयाँ दल गठन गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया