श्रावण १, २०८२ बिहिबार July 17, 2025

भ्रष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने विप्लवको चेतावनी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शनिवार एक बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेका छन् । प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदार र रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचार गर्ने रेल विभागका महानिर्देशक समेतलाई कार्वाही गर्ने जनाएको छ ।

‘ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने नेपाल कम्युनिष्ट पार्टीले कारवाही गर्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रवक्ता प्रकाण्डले कथित पूर्वपश्चिम रेलमार्गको परियोजनाको नाममा काकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्याङ्कन बिनै आफ्नै राज्यको कानुन विपरीत दिएको उल्लेख गरेका छन् । यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामा लगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटेको उल्लेख गरेको छ ।

यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामा लगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटेको आरोप ।

रेलको ठेक्का काण्ड नेपाल वायुसेवा निगमको वाईडवढी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने प्रकाण्डको भनाई छ ।प्रवक्ता प्रकाण्डले पार्टीलाई बदनाम गर्न, पार्टीको नाममा चन्दा आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी, भगौडा र अपराधिक तत्वहरु ज्यान फालेर लागेको भन्दै तिनलाई पनि कार्वाही गर्ने जनाएको छ ।

क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापार–व्यावसायी एवं कर्मचारी क्षेत्रसंग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाको नाममा आतंक मच्चाउने र जवर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको स्पस्ट पारेका छन् । साथै उनले सहयोग दातालाई पार्टीको आधिकारिकता बाहेक नठगिन र ठगहरुलाई पार्टीमा बुझाईदिन अनुरोध गर्दै त्यस्तालाई पार्टीले ठाउँका ठाउँ कारबाही गर्ने समेत बताएका छन् ।

यस्तो छ प्रकाण्डद्धारा जारी विज्ञप्तीको पूर्णपाठः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार