काठमाडौंः दोलखा मैलुङ गाउँपालिकामा भ्रष्टाचार र वेथितिको विरुद्धमा राप्रपाको केन्द्रीय सदस्य प्रविण थोकरको नेतृत्वमा भएको शान्तिपूर्ण धर्नालाई शक्तिको आडमा मुद्धा चलाएकोप्रति राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
राप्रपा अध्यक्ष डा. लोहनीले सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण धर्नालाई अतिरंजित गरिएको र मुद्धा चलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले भ्रष्टाचार विरोधि कार्यक्रममा सक्रियताका साथ सहभागि हुने राप्रपाको घोषित कार्यक्रम भएको उल्लेख गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुको अविलम्ब मुद्धा फिर्ता र स-सम्मान रिहाइको माग गरेका छन् ।
उनले जारी गरेको स्टाटसमा भनेका छन्, “दोलखा जिल्लाको मैलुङ गाउँपालिकामा भएको भ्रष्टाचार र वेथितिको विरुद्धमा राप्रपाको केन्द्रीय सदस्य प्रविण थोकरको नेतृत्वमा असार २३ गते नै पालिकाको कार्यालयमा ज्ञापनपत्र वुझाइएको र सो को कार्यान्वयन नभएको सन्दर्भमा भाद्र १८ गते पुनःध्यानाकर्षणको लागि शान्तिपुर्ण तवरले गरिएको धर्ना कार्यक्रममा गापा अध्यक्षले शक्तिको आडमा प्रहरि परिचालन गरि जवरजस्ती धर्नाकारीहरुलाई पक्राउ गरि, राजनैतिक विषयललाई अतिरंजित गराई थुनुवा थोकर जी लगायतलाई मुद्धा चलाइएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।”
भ्रष्टाचार विरोधि कार्यक्रममा सक्रियताका साथ सहभागि हुने राप्रपाको घोषित कार्यक्रम नै हो । म पक्राउ परेका साथीहरुको अविलम्ब मुद्धा फिर्ता लिई ससम्मान रिहाइको निमित्त माननीय गृहमन्त्री समक्ष माग गर्दै दोलखा प्रशसनको ध्यानाकर्षण गराउँदछु” उनले थप भनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया