काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाह पराजित भएको छ । गएराति ट्रिनिडाडमा सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग ७ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्यािटङ गरेको जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । सन्दीपले ४ ओभर खेल्दै २६ दिएर १ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो । जमैकाले खेलेका ९ खेलमध्ये ३ जित र ५ मा हार बेहोरेको छ । एक भने रद्ध भएको थियो ।
अपराजित ट्रीनबेगो नाइट राइडर्स ९ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल खेल्न बाँकी रहेको नाइट राइडसले सेमिफाइनलमा जमैकासँग खेल्ने छ । गुयना एमेजन वारियर्स ६ मा जित र ४ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।
जमैका ७ अंक जोड्दै चौथो स्थानमा छ । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटस अंक तालिकाको पुछारमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया