असार २९, २०८२ आइतबार July 13, 2025

स्वास्थ्यमा कर्णालीको फड्को

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ ।

विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकास भएको छ । चिकित्सकको अनुहार देख्न नपाउने यस प्रदेशका दुर्गम ठाउँका बासिन्दाले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन थालेका छन् ।

स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएका छन् । अस्पतालमा सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर जस्ता महìवपूर्ण उपकरण थपिएका छन् । व्यक्तिगत सरसफाइमा सुधार आएको छ । आयुर्वेदिक उपचारप्रति पनि ध्यान गएको छ । यी सबैको विकास कोरोनाकै कारण भएको स्वास्थ्यसँग सम्बद्ध पदाधिकारी बताउँछन् ।

२६ भेन्टिलेटर र ६२ आईसीयू बेड

कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना सङ्क्रमण रोक्न यी दुई अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । हाल डोल्पा बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएका छन् ।

स्थापना भएको वर्षौं बित्दा पनि आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न नसकेका अस्पतालले कोरोना सङ्क्रमण सुरु भएको पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् । गोरखापत्र दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया