असार २८, २०८२ शनिबार July 12, 2025

नबिल बैंकका १३ कर्मचारीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वीरगञ्जमा नबिल बैंकका १३ जना कर्मचारीसहित थप २४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा बैंकका कर्मचारीसहित पर्साका गथप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार संक्रमण देखिनेमा नबिल बैंक वीरगञ्ज शाखाका पाँच जना कर्मचारीसमेत रहेका छन्। यसअघि पनि नबिल बैंकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जनामा संक्रमण भएको पाइएको छ।

कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरी गुल्मका २ जना, कालिकामाई गाउँपालिका ४ का ५३ वर्षका एक पुरुष, जगरनाथपुर गाउँपालिकाका १६ वर्षकी एक किशोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया